सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा ब्यवसायिक कृषि फार्म सञ्चालन गरेको हरियाली ग्रुपको पाचौँ साधारणसभा २०८० पौष २७ गते शुक्रबारका दिन सम्पन्न भएको छ। साधारणसभामा कम्पनीका अध्यक्ष चिनीमाया श्रेष्ठ र महाप्रबन्धक गोविन्द प्रसाद पौडेलज्युले प्रस्तुत गर्नुभएको प्रगति, आर्थिक र कार्ययोजना पारित भएको छ ।
साथै विधमान संचालक समितिको ४ वर्षे कार्यकाल समाप्त भएकोले कम्पनिको नियमावलीको नियम २८ बमोजिम सर्वसम्मति बाट निम्नाअनुसारको नयाँ संचालक समितिगठन पनि भएको छ ।
१. सेरबहादुर के.सी – अध्यक्ष
२. गोविन्दप्रसाद पौडेल – सदस्य
३. तेज प्रकाश पुन – सदस्य
४. दुर्गा बहादुर थापा – सदस्य
५. देविप्रसाद पौडेल – सदस्य
६. धनलाल जैसी – सदस्य
७. मन प्रसाद कंडेल – सदस्य