हरियाली सहकारी

उद्देश्यहरु

नेपालमा ठूलो जनसंख्या कृषिमा संलग्न रहेता पनि अधिकांश घरपरिवारले आ-आफ्नै तरिकाबाट स-सानो भूमिमा परम्परागत विधि अवलम्वन गरी निर्वाहमुखी खेती गर्ने गरेकाले कृषिको उत्पादन र उत्पादकत्व न्यून रहेको, कृषकहरुको आयस्तरमा सुधार आउन नसकेको, मुलुकमा वर्षेनी अर्बौको कृषि उपज विदेशबाट आयात गर्नु परिरहेको साथै कृषि क्षेत्र मै अर्ध-बेरोजगारी र गरिबी समेत उच्च रहेको पृष्ठभूमिमा सहकारिताको आधारमा कृषकहरुलाई समूहकृत गरी जमिन, श्रम, पुंजी तथा प्रविधिको संयोजनबाट कृषि उत्पादन बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने र सदस्यहरुको आर्थिक स्तर वृद्धिमा सघाउ पु¥याउनुको साथै सामाजिक कल्याणका कार्यमा समेत योगदान गर्ने सन्दर्भमा हरियाली सहकारी संस्थाको उद्देश्य देहाए बमोजिम हुनेछ ।

(क) आधुनिक प्रविधि अपनाई खाद्यान्न, तरकारी तथा फलफूलको ब्यावशायिक उत्पादन, प्रशोधन तथा विक्री-वितरण गर्ने ।
(ख) विभिन्न जातका पशुपंछीपालन, मत्स्यपालन र माहुरी पालन गरी दूधजन्य, मासुजन्य, मत्स्यजन्य र महजन्य उत्पादन विक्री-वितरण गर्ने ।
(ग) सम्वन्धित निकायको अनुमति लिई वन्य पशुपंछीको व्यावशायिक पालन र जडीबुटी तथा अन्य वनजन्य वस्तुको व्यावशायिक खेती गरी उत्पादन स्वदेश तथा विदेशमा बिक्रि-वितरण गर्ने ।
(घ) अन्य कृषकले उत्पादन गरेको उत्पादन खरिद, प्रशोधन, भण्डारण र ब्राण्डिङ गरी आन्तरिक र वाह्य बजारमा बिक्रि बितरण गर्ने ।
(ङ) सदस्य तथा अन्य कृषकहरुलाई व्यावशायिक कृषि, पशुपंछिपालन, मत्स्यपालन, माहुरीपालन लगायतका विषयमा तालीम प्रदान गर्ने ।
(च) आधुनिक र सुविधायूक्त सिंचाई तथा अन्य प्रबिधिको अवलम्वन र विकास गर्ने । साथै यस सम्वन्धमा सम्वन्धित सरकारी तथा गैरसरकारी  निकायसंग समन्वय गर्ने ।
(छ) आन्तरिक र वाह्य पर्यटक तथा अन्य ग्राहकको निमित्त हरित होटेल, रिसोर्ट तथा रेण्टुरेण्ट संचालन गर्ने ।
(ज) संघ, प्रदेश, स्थानीय सरकार र अन्य दातृसंस्थाहरुबाट प्राप्त हुने अनुदान लगायत आर्थिक, भौतिक तथा प्राविधिक सहायता स्वीकार गर्ने ।
(झ) संस्थाको उद्देश्य कार्यान्वयन गर्नको लागि आवश्यकता अनुसार कर्जा लिने ।
(ञ) संस्थाको उद्देश्य अनुसारका कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसंग साझेदारी गर्ने ।

कार्यहरु

(क) कृषकहरुको जमिन एकिकरण र चक्लाबन्दी गरी सहकारिताको आधारमा ठूलो स्केलमा कृषि कार्य अघि बढाउने ।     
(ख) खेती विकास योजना तयार गर्ने तथा यस्तो कार्यमा अन्य कृषकहरुलाई समेत सहयोग पुर्‍याउने ।
(ग) ताजा, बेमौसमी र अर्गानिक खेतीको प्रवर्द्धन गर्ने । 
(घ) कृषि सामाग्री खरिद गरी सुपथ मूल्यमा बिक्रि-बितरण गर्ने ।
(ङ) सम्वन्धित निकायहरुसंग समन्वय गरी प्राविधिक सेवा उपलव्ध गराउने ।
(च) नविनतम कृषि विधि र प्रविधि बारेमा सदस्य तथा अन्य कृषकहरुलाई तालीम प्रदान गर्ने ।
(छ) कृषि उपजको उत्पादन, प्रशोधन, भण्डारण र बिक्रि-बितरण गर्ने ।
(ज) अन्य कृषकबाट कृषि उपजको खरिद गरेर समेत बजारमा बिक्रि-बितरण गर्ने ।
(झ) कृषि उपजको बजारिकरणको लागि आवश्यक पूर्वाधार तथा सञ्जाल निर्माण गर्ने ।
(ञ) सदस्यहरुबाट बचत संकलन गर्ने ।
(ट) संकलित बचत उत्पादनशील कार्यमा लगानी गर्ने ।
(ठ) सहकारिताको अवधारणा बारेमा सदस्यहरुलाई शिक्षित गराउने ।
(ड) सदस्यहरुको सेवार्थ दैनिक उपभोग्य खाद्यबस्तु, जडिबुटी र घरायसी प्रयोगका वस्तुहरु उत्पादक तथा थोक बिक्रेताबाट खरिद गरी सुपथ मूल्यमा विक्रि–बितरण गर्ने ।
(ढ) सदस्यहरुको आर्थिक सामाजिक विकासको लागि अन्य उत्पादनशील, आयमूलक, सीपमूलक र रोजगारीमूलक कार्यहरु गर्ने ।
(ण) संस्थाको कार्यक्षेत्रभित्र सामाजिक हित हुने कार्यक्रमहरु संचालन गर्ने ।

संचालक समिति

सेरबहादुर के.सी.   – अध्यक्ष
लक्ष्मी ढुङ्गाना पौडेल – उपाध्यक्ष
सन्तोष गौतम     – सचिव
टेकप्रसाद सापकोटा  – कोषाध्यक्ष
रत्न खड्का       – सदस्य
कृष्णबहादुर थापा   – सदस्यताराप्रसाद आचार्य   – सदस्य

सम्पर्क ठेगाना

हरियाली कृषि सहकारी संस्था लिमिटेड
बेनी नगरपालिका वडा नं. ४
सिङ्गा, म्याग्दी
फोन नं. : ९८५७६६३३६६
इमेल : hariyalicoop@gmail.com