गतिविधि

  • आधुनिक प्रविधि अपनाई खाद्यान्न, तरकारी तथा फलफूलको ब्यावशायिक उत्पादन, प्रशोधन तथा विक्री–वितरण गर्ने ।
  • विभिन्न जातका पशुपंछीपालन, मत्स्यपालन र माहुरी पालन गरी दूधजन्य, मासुजन्य, मत्स्यजन्य र महजन्य उत्पादन विक्री–वितरण गर्ने ।
  • प्रचलित कानून अनुसार सम्वन्धित निकायको अनुमति लिई वन्य पशुपंछीको व्यावशायिक पालन र जडीबुटी तथा अन्य वनजन्य वस्तुको व्यावशायिक खेती गरी उत्पादन स्वदेश तथा विदेशमा बिक्रि–वितरण गर्ने ।
  • हरित पर्यटन प्रवर्धन गर्न आन्तरिक र वाह्य पर्यटक तथा अन्य ग्राहकको निमित्त होटेल, रिसोर्ट तथा रेण्टुरेण्ट संचालन गर्ने ।
  • व्यावशायिक कृषि, पशुपंछिपालन, मत्स्यपालन, मौरीपालन, लगायतका व्यवशाय संचालन तथा व्यवस्थापन विषयमा तालीम प्रदान गर्ने ।
  • व्यावशायिक कृषि तथा सामाजिक र आर्थिक विकाससंग सम्वन्धित विषयमा अध्ययन–अनुसन्धान तथा परामर्शको कार्य गर्ने ।
  • कृषि क्षेत्र र सामाजिक क्षेत्रमा स्वयंसेवा गर्न इच्छुक स्वदेश तथा विदेशका व्यक्तिहरुलाई उक्त क्षेत्रमा परिचालन गर्न सञ्जालिकरण र व्यवस्थापनको कार्य गर्ने ।