समाचार

बोयर बाख्रा पालन सुरु ।

हरियाली ग्रुप प्रा. लि. ले व्यावसायिक बाख्रापालन कार्य पनि सुरु गरिसकेको छ । करिब १०० वटा बाख्रा पाल्न मिल्ने अत्याधुनिक खोरमा २२ वटा बोयर क्रस बाख्राहरु पालन कार्य सुरु गरिएको छ जसमा १ वटा शुद्ध (१००%) बोयर बोका र २१ वटा माउ बाख्रा ( ५ वटा ७५%, ६ वटा ६२.५ % र १० वटा ५०% बोयर क्रस) पर्दछन । तिनीहरुलाई आवश्यक पर्ने घाँसको पूर्ति गर्न करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका डाले घाँसहरु जस्तै किम्बु, इपिल, भटमासे, टाँकी, निमारो, राईखन्यु, बकाईनो, मेंदोला, किम्बु कटिंग, काभ्रो कटिंग आदि लगाइएको छ भने करिब १५ रोपनी जमिनमा मौसमानुसरको एकवर्षे/बहुवर्षे भुँई घाँसहरु लगाउदैं आइएको छ । उचित शारीरिक तौल वृदिको लागि घाँसको साथै दैनिक कृत्रिम दाना दिदैं आइएको छ । छिट्टै नै यो व्यवसायलाई ठूलो स्केलमा संचालन गर्ने अभियानमा रहेका छौं ।

बोयर बाख्रा
बोयर बाख्रा