ताजा खबर

बर्दिया जिल्लामा अत्याधुनिक कृषि फार्म संचालन गर्ने सम्वन्धमा लुम्बिनी प्रदेश योजना आयोग तथा हरियाली बीच सम्झौता सम्पन्न

लुम्बिनी प्रदेश सरकारले नीजि क्षेत्रसँगको समन्वय र सहकार्यमा बर्दिया जिल्लामा एक अत्याधुनिक कृषि फार्म स्थापना गर्ने कार्यक्रम राखेकोमा सो को संभाव्यता अध्ययनको लागि लुम्बिनी प्रदेश योजना आयोग र हरियाली इन्स्टिच्युट बीच सम्झौता सम्पन्न भएको छ । संझौता अनुसार हरियाली इन्स्टिच्युटले फिल्ड अध्ययन, सरोकारवालाहरुसंगको अन्तरक्रिया र बजार अध्ययनको आधारमा बर्दिया जिल्लामा हरियाली मोडेलमा आधारित अत्याधुनिक कृषि फार्म स्थापनाको लागि संभाव्य स्थान पहिचान गरी विस्तृत कार्ययोजना समेतको संभाव्यता अध्ययन प्रतिवेदन २०७८ बैशाख महिनाभित्र पेश गर्नु पर्नेछ ।