बेनी नगरपालिका–४ सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा ब्यवसायिक कृषि फार्म सञ्चालन गरेको हरियाली ग्रुपको दोस्रो साधारणसभा २०७७ पौस १५ गते बुधबार सम्पन्न भएको छ।
साधारणसभामा कम्पनीका अध्यक्ष चिनीमाया श्रेष्ठ र महाप्रबन्धक सेरबहादुर केसीले प्रस्तुत गर्नुभएको प्रगति, आर्थिक र कार्ययोजना पारित भएको छ । गत आर्थिक वर्षमा दुई करोड ५८ लाख रुपैयाँ मूल्य बराबरको ब्रोइलर कुखुरा, अण्डा, ताजा तरकारी, माछा, मौरी, मह, फूल, मल आदी कृषि जन्य बस्तु बिक्री भएको छ। ६४ जना शेयर सदस्यको चार करोड ८३ लाख रुपैयाँ शेयर पुजि रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले पाँच करोड रुपैयाँ सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ ।