यस हरियाली ग्रुप, बेनी-०४, सिङ्गा म्याग्दीमा ड्रागन फलको फूल फुल्न सुरु गरेको छ यसको फूल रातमा फक्रने भएकाले यसलाई रातकी रानी भनिन्छ ।
यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुन्छ ।
यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउछ-Neutralizing toxic substances) । साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ । – दम तथा कफका रोगिलाई फाइदाजनक मानिन्छ (Improve the general immune system) ।
यस्मा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मदत गर्दछ । – यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ । रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेह–२ कम गर्दछ । – यसलाई फलको रुपमा, तरकारीको रुपमा, फूलको रुपमा, स्वास्थ्यवद्र्धक, औषधिजन्य तथा पैसाले किन्न नसकिने सम्पदाको रुपमा लिईन्छ ।