ताजा खबर

हरियाली एग्रो रेष्टुरेन्ट सुचारु

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा रहेको ‘हरियाली कृषि फार्म’ले अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । आधुनिध प्रविधिको प्रयोग गरि तरकारी खेतीसंगै माछा, कुखुरा, कालीज लगायतको व्यावसायिक पालन गर्दै आएको फार्मले सिंगामा अर्गानिक रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो । १० जनालाई बासको समेत सुविधा रहेको उक्त रेष्टुरेण्टमा १०० जना क्षमताको कार्यक्रम सञ्चालन गर्ने सभाहल समेत रहेको छ । फार्मको अवलोकनमा आउने र स्थानीय उत्पादनको स्वाद लिन चाहनेहरुलाई आफ्नै उत्पादनको स्वाद चखाउने उदेश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो ।