समाचार

हरियाली कृषि सहकारीको दोस्रो साधारणसभा सम्पन्न

हरियाली ग्रुपको म्याग्दी फिल्ड कार्यलयमा २०७८ पुष ३ गते शनिबारका दिन हरियाली कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संचालक समितिका अध्यक्ष दण्डपाणी सापकोटाद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । अध्यक्ष सापकोटाले सभामा जानकारी दिनु भए अनुसार सो कृषि सहकारी संस्थाले हालै नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन प्रोजेक्ट (NLSIP) अन्तर्गत बाख्रापालन परियोजना शुरु गर्न आयोजनासंग सम्झौता गरेको छ । सहकारीको २० प्रतिशत लगानी, प्रभुबैंकको ३० प्रतिशत कर्जा र आयोजनाको ५० प्रतिशत अनुदान गरी जम्मा रु. २ करोडको लगानीमा संचालन गरिने उक्त परियोजना अन्तर्गत मासुको लागि ३०० बाख्रा पालन गर्ने लक्ष रहेको छ ।

साधारणसभामा बोल्दै हरियाली ग्रुपका प्रमुख सल्लाहकार, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले जमिन, श्रम, पुंजि र प्रविधिको संयोजन गरी जमिनको उत्पादन र उत्पादकत्व बढाउने, जग्गाधनी कृषकहरुको आम्दानी बढाउने, रोजगारी सिर्जना गर्ने र कृषिलाई आयमूलक व्यवशायको रुपमा स्थापित गर्ने सोचका साथ शुरु गरिएको हरियाली मोडेलले क्रमशः आकार लिंदै गएको र अन्य केही स्थानहरुमा समेत यो मोडेल लागू गर्ने चरणमा रहेको बताउनु भयो