ताजा खबर

गण्डकी प्रदेशमा हरियाली मोडेल सम्वन्धी अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको समुपस्थितिमा पोखरामा हरियाली मोडेल सम्वन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित सो कार्यक्रममा हरियाली मोडेलको परिचय र मोडेलको कार्यान्वयन विधि सम्वन्धी प्रस्तुति सुनेपछि मुख्यमन्त्री गुरुङले कृषिको रुपान्तरणको लागि गण्डकी प्रदेशका सबै पालिकाका सबै वडाहरुमा हरियाली मोडेलको एक-एकवटा कृषि फार्म स्थापना गर्न उपयुक्त हुने राय व्यक्त गर्नु भयो । प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु, मन्त्रालयका सचिव, व्यावशायिक कृषक तथा उद्योग वाणिज्य संघका प्रतिनिधीको उपस्थिति रहेको सो कार्यक्रममा हरियाली मोडेलका सैद्धान्तिक तथा व्यावहरिक पक्ष तथा चुनौतीहरुबारेमा छलफल गरिएको थियो ।