समाचार

लुम्बिनी प्रदेश योजना आयोगका पदाधिकारीहरु र कर्मचारीहरुबाट हरियाली फार्म भ्रमण

यहि मिति २०७७ साल कार्तिक २२ गते लुम्बिनी प्रदेश (५ नं प्रदेश), प्रदेश योजना आयोगका सदस्य श्री डा. विष्णु प्रसाद गौतम, सदस्य श्री पुष्पा भुषाल लुइंटेल, अधिकृत श्री शकुन्तला अर्याल र बिनोद घिमिरे, कार्यालय प्रमुख, प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाद्वारा हरियाली सामुहिक कृषि मोडेल बारेको प्रस्तुतीकरण र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनाका साथै हरियाली एकिकृत कृषि फार्मको भ्रमण गरी फार्मका विभिन्न क्रियाकलापहरुको अवलोकन गर्नुभयो । सोहि क्रममा हरियाली सामुहिक कृषि मोडेल बारेको प्रस्तुतीकरण यस ग्रुपका वरिष्ठ कृषि प्राविधिक सुदिप न्यौपानेले गर्नु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा उहाँहरुले हरियाली कृषि मोडल एक उत्कृष्ट मोडल रहेको र यस मोडल नेपालको हाल कृषि क्षेत्रमा विद्यमान समस्याहरुको समाधान गर्ने किसिमको रहेको जिकिर गर्नु भयो । यस्तै गरी, उहांहरुले लुम्बिनी प्रदेशको बर्दिया लगायतका अन्य जिल्लामा समेत यस मोडल अनुसार कार्य गर्न सकिने बताउनु भयो । साथै, यस हरियाली ग्रुपको हालसम्मको कार्य उत्साहजनक रहेको र यस ग्रुपले देखेको सपना तथा लक्ष्य छिटै प्राप्ति होस् भनि शुभकामना व्यक्त गर्नु भयो।