गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री माननीय किरण गुरुङले आज हरियाली एकिकृत कृषि फार्मको भ्रमण गरी फार्मका विभिन्न क्रियाकलापहरुको अवलोकन गर्नु भयो । सो क्रममा हरियाली सामुहिक कृषि मोडेल बारेको परिचय र अन्तरक्रिया कार्यक्रममा बोल्दै माननीय मन्त्री गुरुङले हरियाली कृषि मोडल एक उत्कृष्ट मोडल रहेको र यसले मुलुकको कृषि क्रान्तिमा उल्लेख्य योगदान गर्नसक्ने बिचार व्यक्त गर्नु भयो । साथै, उहांले देशका प्रत्येक स्थानीय तहमा यो मोडेल कार्यान्वयन गर्नमा पूर्ण सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।