समाचार

हरियालीको कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा

बेनी,। हरियाली ग्रुप प्रा.ली.ले बेनी नगरपालिका–४ सिंगामा सञ्चालन गरेको कालिज फार्मभित्र पसेको चितुवालाई शुक्रबार राति नियन्त्रणमा लिइएको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोष जैबिक बिबिधता केन्द्र चितवनबाट आएको प्राबिधिक टोलीले राती ११ बजे चितुवालाई जिबितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिएका डिभिजन बन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।

image courtesy: dhaulagirikhabar.com

रातको समयमा नियन्त्रणमा लिएर टोलिले धेरै टाढा लगेर गएको छ,’ उहाले भन्नुभयो ‘सुरक्षित रुपमा चितुवालाई नियन्त्रण गर्न सफल भइयो ।’ ठूलो क्षेत्रफलमा फैलिएको फार्म भित्र खुल्ला ठाउँ भएकाले नियन्त्रणमा लिन प्राबिधिक टोली बोलाइएको थियो ।

image courtesy: dhaulagirikhabar.com

जैबिक बिबिधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राबिधिक किरणराज रिजाल, बन्यजन्तु प्राबिधिक दिप्रसाद चौधरी र जुनियर बन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो ।डिभिजन बन कार्यालयका प्रमुख खनाल सहितका प्राबिधिक, भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख नारायण कुशुम, सिंगा तातोपानी प्रहरी चौकीको टोली, फार्मका कर्मचारी र स्थानीयबासीले चितुवा नियन्त्रणमा लिन सघाएका थिए ।

image courtesy: dhaulagirikhabar.com

Other links

https://ekantipur.com/pradesh-4/2020/09/11/15998099765657629.html?fbclid=IwAR0Htmjk4gT-YP4kVJQZB-5NpVlNhgZv3IKeuhnoY0_uaWZr87KitnNT9wg

http://annapurnapost.com/news/165943?fbclid=IwAR3h0TFV7g3QpGzeS54P0Iv3sCirKbagq8CFypQC_l__HNaFfRPXQsYfM6o

https://www.ujyaaloonline.com/story/42952/2020/9/11/when-leopard-enter-inside-kalij-pheasant-farm?fbclid=IwAR1FAmOHnpwzTiuynukPAmQ3qR4196CVkEx4w2YUNQqCE-zrIVrIoS_7Bp0