सूचना

हरियाली मोडेलमा समूहकृत हुने कृषकहरुले पाउने लाभ

  • आफ्नो जमिनबाट अधिकतम उत्पादन हुंदा प्राप्त हुने आम्दानी बराबरको रकम करार अन्तर्गत वार्षिक रुपमा पाइने। यस्तो रकम ६-६ महिनामा अग्रिम भुक्तानी हुने ।
  • सुख्खा–खडेरी, मल–बीउको अभाव, कृषि मजदुरको अभाव, लगानी अभाव जस्ता समस्या व्यक्तिगतरुपमा भोग्नु नपर्ने । कम्पनीमार्फत नियमित आय ग्यारेण्टी हुने ।
  • कम्पनीले संचालन गर्ने व्यवशायमा जग्गाधनी कृषक परिवारहरु नै संलग्न हुने र काम वापत कार्यसमय अनुसार तोकिएको पारिश्रमिक पाइने ।
  • आफ्नो आर्थिक क्षमता अनुसार कम्पनीको रु. १ लाख वा सोभन्दा माथिको शेयर लिन पाइने ।
  • जग्गाधनी कृषक परिवारले कृषिक्षेत्रभन्दा बाहिरका अन्य आयआर्जनका काममा संलग्न भई थप आम्दानी समेत प्राप्त गर्नसक्ने ।